दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित तिम्सिनाचोकमा पार्किङ गरी राखेको स्काभेटरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे बस्ने लिला लामिछानेको बा २ क ३२२८ नम्बरको स्काभेटरको ट्याङ्कीबाट एक सय ७० लिटर डिजेल चोरी गरेको अभियोगमा निजहरुलाई पक्राउ प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१० वैरेनी घर भएका ३० वर्षीय अर्जुन विक र सोही ठाउँ बस्ने ३२ वर्षीय लिलामणि दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ग १ ख ६८०७ नम्बरको टिप्पर सहित दुई जनालाई एक सय ६५ लिटर डिजेल सहित पक्राउ गरेको खाँणले बताए ।
प्रहरीले टिप्परधनी विकको घर खानतलासी गर्दा थप दुई सय ६५ लिटर डिजेल बरामद गरेको तनहुँ प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?