निषेधित लागुऔषध सहित वेनीटारबाट तीन पक्राउ

दमौली : पृथ्वी राजमार्ग  अन्तर्गत आँबुखैरेनी- ४ वेनीटारबाट शनिबार निषेधित लागुऔषध सहित फरक-फरक समयमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-८ घर भएका वर्ष २३ को आशिष पाण्डे, १९ वर्षीय आश्विन पाण्डे र आँबुखैरेनी- १ बरादी बस्ने बर्ष २३ को सनिस गुरुङ रहेका छन्।

पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँचको लागि खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २० प ५४९९ नं. को मोटरसाइकललाई जाँच गर्ने क्रममा आशिष र आश्विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।निजहरुको साथबाट ९०० ट्याब्लेट निषेधित औषधि बरामद गरिएको छ ।

त्यस्तै सोही ठाउँमा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ४३०९ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बरादीका सनिस गुरुङ पक्राउ परेका छन् । उनको साथवाट ट्रामाडोल लेखिएको ९ पत्तामा जम्मा २७० ट्याब्लेट बरामद गरिएको छ ।

निजहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको निर्णय अनुसार आवश्यक कारवाहीका लागि औषधि व्यवस्था बिभाग बिजुलीवजार पठाइएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?