एक वर्षपछि फरार प्रतिवादी पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन् । लागुऔषध मुद्धाका फरार प्रतिवादी रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थायी घर भएका १९ वर्षीय मन्देश हरिजनलाई पक्राउ परेको  प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

निजलाई सम्बन्धित घरवतनबाट पक्राउ गरी शुक्रवार तनहुँले अदालत पेश गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

निजविरुद्ध तनहुँ अदालतले विसं २०७९ पुस ३ गतेको फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना हुने ठहर गरेको थियो ।

विसं २०७६ साउन २९ गते शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा ३७ वर्षीय राजन भन्ने राजेन्द्र गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएकामा उक्त घटनामा मन्देश जोडिएका प्रहरीले जनाएको छ ।  निज गुरुङले उक्त लागुऔषध मन्देशलाई मगाएको प्रहरी समक्ष बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?