शुक्लागण्डकीमा २ वटा बन्दुकसहित ७ जना पक्राउ

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुरमा २ वटा बन्दुकसहित ७ जना पक्राउ परेका छन् । शंकास्पद वस्तुसहित सरिप चन्द समातिएका हुन् ।

उनलाई सोधपुछ गरेर पछ्याउँदा दुईनाले बन्दुकसहित थप ४ जना र एकनाले बन्दुकसहित अरु थप २ जना गरी ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलचौतराका इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो । दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् ।

एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरुको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ ।

उनीहरुलाई हातहतियार खरखजना कसूर शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट दिन १० (दश) को म्याद थपेर अनुसन्धान भइरहेको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?