फेसबुकमा फेरि आयो समस्या

काठमाडौं : मेटा कम्पनीको फेसबुकमा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।

यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । केही दिन अघि पनि यी प्लेटफर्महरुमा लगईन नै नहुने समस्या आएको थियो ।

करिब एक घण्टा विश्वभर नै यस्तो समस्या देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?