आज तराईमा होली

दमौली : आज तराईमा होली मनाइँदै छ।पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।

काठमाडौं लगायत पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको छ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाइन्छ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा हार्षोल्लासका रूपमा मनाइन्छ।

होलीले एक अर्कामा सौहार्द र आत्मियता बढाउने भएकाले यसले मानिसहरूबीच एकतालाई अझै प्रगाढ तुल्याउने विश्वास गरिन्छ।

पहाडी क्षेत्रमा होली हुँदा सरकारले सार्वजनिक बिदा दिएपनि तराईको होलीका दिन भने दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?