केन्द्रीय सदस्य भट्टराईले भने- तपाईंसँगको भावनात्मक सम्बन्ध मेरा लागि प्रधान हो, म थाकेको छैन

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफू उपनिर्वाचन पराजित हुँदैमा नथाकेको  बताएका छन् । उनले सोमवार सामाजिक संजाल मार्फत आफू निर्वाचनमा पराजित हुँदैमा नथाकेको बताएका हुन् ।

उनले लेखेका छन् – ‘तपाईंसँगको भावना, सम्बन्ध र साइनो मेरा लागि प्रधान हो । तपाईंको मनको हिसाब जित्न सके म आफूलाई भाग्यमानी ठान्नेछु । त्यो प्राप्ति नहुँदासम्म यत्न गरिरहनेछु । म थाकेको छैन’

वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा भट्टराई  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले  संग पराजित भएका थिए ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?