दमौली : प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको पाँचौ दिन मंगलबार चर्चित गायिका एलिना चौहान सँग दर्शकहरु नाँचेका छन । चौहानले आफ्नो चर्चित गीतहरु गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए ।
चौहान सँगै गायककार कृष्ण सुवेदी, संजीवसिह राना र गायिका सुभद्रा श्रेष्ठले पनि आफ्ना चर्चित गीतहरु गाएका थिए ।
पाटन युवा क्लबका अध्यक्ष अमर थापाका अनुसार आज पाँचौ दिन ५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको जानकारी दिए । ३ हजार भन्दा बढी व्यक्तिहरुले मादी नदी डुंगामा वारपार गरेको क्लबका अध्यक्ष थापाकाले बताए ।
साथै महोत्सवमा च्याउको मःमः, बोटेको ऐतिहासिक घर, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्रीले अझ दर्शकहरुको आकर्षणको केन्द्र बन्दै गएको पाइन्छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?