म्याग्देका वडाध्यक्षको फेसबुक ह्याक गरी ठगी गर्ने सर्लाहीका सुमन पक्राउ

दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने २६ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

निज बुढाथोकीले श्रेष्ठको फेसबुक ह्याक गरी लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जर मार्फत् रकमको आवश्यकता परेको भन्दै म्यासेज गरेका दिए ।

निजले विश्वासमा लिइ इसेवामार्फत् विसं २०८१ वैशाख १९ गतेदेखि पटक पटक गरी रु एक लाख पठाउन लगाई ठगी गरेको भनी आकाश गुरुङले प्रहरीमा उजुरी दिएका थिए ।

बुढाथोकीलाई आज इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आवश्यक सहयोगमा सर्लाहीको बागमती नगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । निजलाई तनहुँ अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?