पत्रकार दरै सम्मानित

दमौली : नेपाल पत्रकार महासंघ तनहुँका सहसचिव मिला दरै सम्मानित भएका छिन् । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिद्वारा तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित भगवान वेदव्यास अवरतण भूमि व्यासगुफामा एक महिने विश्व ॐकार तथा हिन्दू महामिलन पर्वको अवसरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दरैलाई सम्मान गरिएको हो ।

वेदव्यास अवतरण भूमिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा समाचारको माध्यमबाट योगदान पु¥याएकोमा दरैलाई संस्थाले सम्मान गरेको हो । संस्थाले नगद, प्रमाणपत्र र कलशले सम्मान गरिएको वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिका महासचिव ऋषिराम ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार दरैलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले नगद, प्रमाणपत्र र कलश दिएर सम्मान गरिएको थियो  । दरै नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाद्वारा प्रदान गरिएको ‘उमाकान्त–गीतादेवी–स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको थियो । उनी करिब १५ वर्षदेखि तनहुँ जिल्लामा पत्रकारिता क्षेत्रमा सक्रिय छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?