चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिवादी पक्राउ

दमौली : जिल्ला प्रहरीले कार्यालय तनहुँले चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई बुधवार पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा लम्जुङ सुन्दर बजार नगरपालिका-४ बस्ने सुरेश न्यौपाने रहेका छन् ।

तनहुँ  जिल्ला अदालतको विसं २०८० पौष ४ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी दुई हजार रुपियाँ जरिवान फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले बुधवार उनलाई व्यास -४ भोर्लेटार चोक स्थितमा फेला पारी पक्राउ गरी अदालतमा बुझाएको तनहुँ प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?