त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ ।

फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए।

दुई वर्ष अगाडी समेत चैत ५ गते चुनाव भएकोमा यस पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?