वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौकाे थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।
उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?