अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।
आयोगले छापा मारेर बिभिन्न कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।
अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासनको लागि स्वीकृति दिनुअघि कमिसन मागेको आरोपपछि ८९ कम्पनीका कागजात नियन्त्रणमा लिइएको हो ।
तर यस विषयमा अख्तियारले भने अाैपचािरक रुपमा केही खुलाएको छैन । आयोगका सहप्रवक्ता एवं सूचना अधिकारी देवी प्रसाद थपलियाले यस विषयमा आफूलाई जानकारी नआएको बताए ।
‘अनुसन्धान भइरहेको विषय सबै विषय हामीलाई नहुन पनि सक्छ । यो विषयमा अहिलेसम्म कुनै आएको छैन’, उनले भने ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?