व्यास नगरपालिकामा गरिब परिवार पहिचान गरिने

दमाैली, १६ वैशाख । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले नगरभित्र रहेका गरिब परिवारहरूको पहिचान सुरु गर्ने भएको छ। नगरपालिकाले वैशाख २० गतेदेखि १४ वटै वडामा सङ्कलकहरू परिचालन गर्दै घरदैलो अभियनमार्फत तथ्याङ्क संकलन गर्ने तयारी गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्यका अनुसार, अभिमुखीकरण सम्पन्न भइसकेको र सङ्कलकहरू घरघरमा पुगेर गरिब परिवारको विवरण संकलन गरिनेछ । उनले भने, “सङ्कलित तथ्याङ्कको आधारमा गरिब परिवारलाई राज्य तथा नगरपालिकाबाट प्राप्त हुने सेवा र सुविधा प्रदान गरिनेछ। यसले समग्र नगरपालिकाको गरिबी निवारण तथा समावेशी विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”

नगरपालिकाले यस अभियानलाई दीर्घकालीन विकास योजना र समावेशी सेवाप्रदान प्रणालीसँग पनि जोड्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?