काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भैरहेको सुनुवाईमा रवि लामिछाने सहित छविलाल जोशी पक्ष तथा सरकारी वकिलको पनि बहस सकिएको छ ।
तर जाहेरीवालाको तर्फको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको हो । लामिछाने जोडिएको सहकारी प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर सुनुवाई भैरहेको छ ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,रमन श्रेष्ठ सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डानारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका छन् । यस्तै आज सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता गोबिन्द खनाल लगायतले बहस गरेका थिए । अब शुक्रबार जाहेरीकर्ता पक्षबाट बहस हुने छ । भोली बसह सकिएपछि आदेश आउने छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?