प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घन्टा ढिला गरी सुरू भए पनि विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले मंगलबारदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।

भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?