दमौली — नेपाली काङ्ग्रेस तनहुँले जननायक बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा “वर्तमान सन्दर्भमा जननायक बीपी कोइराला” विषयक खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगितामा सहभागी हुन कवि तथा रचनाकारहरूलाई सादर आह्वान गरिएको छ। साहित्य उपसमिति संयोजक सहदेव अधिकारीले दिएको जानकारीअनुसार कविता प्रतियोगितामा गद्य विधामा पठाइने रचना बढीमा दुई पृष्ठसम्म तथा पद्यमा पठाइने रचना बढीमा नौ श्लोकसम्मको हुनुपर्नेछ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कारको रूपमा रु १०,००० नगद तथा प्रमाणपत्र र द्वितीय पुरस्कारको रूपमा रु ५,००० नगदसहित प्रमाणपत्र प्रदान गरिने सदस्य हुतमणि अधिकारी जानकारी दिए ।
रचना पठाउने अन्तिम मिति २०८२ साउन ५ गते बिहान ११ बजे तोकिएको छ। इच्छुक रचनाकारहरूले आफ्ना सिर्जना tanahunnc@gmail.com मा इमेलमार्फत पठाउन सक्नेछन्, अथवा आफैँ उपस्थित भई नेपाली काङ्ग्रेस पार्टी कार्यालय, बीपी स्मृति भवन, दमौलीमा (का.स. राजेन्द्र अर्याल समक्ष) बुझाउन सक्नेछन्।
अझ विस्तृत जानकारीका लागि निम्न सम्पर्कमा सम्पर्क गर्न सकिनेछ:
सहदेव अधिकारी (संयोजक) – ९८४६०४०३८४
हुतमणि अधिकारी (सदस्य) – ९८५६०२८२१३
सिर्जना तिवारी – ९८४६१७९११३








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?