ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा चित्रबहादुर क्षेत्री

दमौली— ज्येष्ठ नागरिक मिलन केन्द्र व्यास–३ दमौलीको २५औं साधारण सभा तथा छैठौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ। अधिवेशनले चित्रबहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष जया न्यौपाने, सचिव रेवतबहादुर कुँवर, कोषाध्यक्ष ज्ञानहरी शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दुर्गाभक्त अधिकारी, रिखुराम रानाभाट, हिरा बराली, चोलीमाया मल्ल ठकुरी, हेमलाल श्रेष्ठ, कृष्णराज खनाल र लक्ष्मण श्रेष्ठ रहेका छन्।

अधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन अधिकृत केशव भट्टराई र निर्वाचन सहयोगी विकास गुरुडको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रका सदस्यहरू, स्थानीय प्रतिनिधि र सर्वसाधारणको  उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?