महर्षि वेदव्यास संस्कृत गुरूकुलम् काे आयाेजनामा श्रीमद्भागवतमहापुराण दशमस्कन्ध पाठपारायण एवं प्रवचन अनुष्ठान सञ्चालन भईरहेकाे छ ।
देवघाट स्थित शरणागति आश्रमका महन्त श्री सवेश्वर शरण जि महाराजले श्रीमद्भागवतमहापुराण दशमस्कन्धकाे कथावाचन तथा संगीतमय कथा प्रवचन गरिरहेका छन् । श्रावणमास विशेष भगवत्पूजा एवं पूराण वाचन अनुष्ठान असार २७ गतेबाट साउन २४ गतेसम्म नियमित भगवत्पूजा, विशेष रूद्राभिषेक, श्रीमद्भागवत, श्रीशिवपुराण, दुर्गा सप्तशती, श्री विष्णुसहस्रनामस्ताेत्रम् , हनुमानचालिसा, आदि पाठपारायण गरिएकाे महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीशरण सिग्देलले जानकारी दिए ।
असार २७ गतेदेखि श्रावण १६ गतेसम्म शिवमहापुराण रूद्रसंहिता पाठपारायण एवं प्रवचन भएकाे हाे । त्यस्तै श्रावण १७ गतेदेखि श्रावण २३ गतेसम्म श्रीमद्भागवतमहापुराण दशमस्कन्ध पाठपारायण एवं प्रवचन भईरहेकाे विव्यास अध्यक्ष सिग्देलकाे भनाई छ ।
कार्यक्रम तालिका अनुसार प्रतिदिन विहान साढे ६ बजेदेखि ७:२० सम्म भगवदाराधना(पूजा), ७:२० देखि ८:४० सम्म रूद्राभिषेक पुराणादी पाठ पारायण, ८:५० देखि ९:३० सम्म सामुहिक स्ताेत्र पाठपारायण र दिउँसो १२:४५ देखि २:४५ सम्म विशिष्ट विद्वान गुरूवर्गबाट प्रवचन कार्यक्रम समेत भईरहेकाे महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक चेत नारायण लामिछानेले जानकारी दिए । प्रअ लामिछाने, गुरूहरू जीवन पाैडेल विशाल सुवेदी, शिवहरी अधिकारीले शिवपुराण रूद्रसंहिता, श्रीमद्भागवतमहापुराण दशमस्कन्ध पाठपारायण एवं प्रवचन दिएका छन् ।
साउन महिना शिवकाे विशेष महिना रहेकाे कारण विभिन्न अनुष्ठान सञ्चालन गरिएकाे विव्यास अध्यक्ष सिग्देलकाे भनाई छ । त्यस्तै याे अवधिमा व्यासका अध्येता काशीनाथ न्याैपाने, आचार्य पण्डित कृष्णकान्त काफ्ले लगायतलका विद्वानबाट समेत कथा भईरहेकाे सिग्देलकाे भनाई छ । “महर्षि वेदव्यासकाे जन्मभूमि र पराशर ऋषिकाे कर्मभूमी क्षेत्रमा संस्कृत र संस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले विद्यालयकाे स्थापना भएकाे र साेही अनुसार कार्यक्रम समेत बढाउदै आएकाे छ,” उनले भने । विद्यालयमा संस्कृत गुरूकुलमा अध्ययनरत विद्यार्थी बटुकहरूले वैदिक नियम अनुसार पाठ पारायण गर्दै आएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?