व्यास नगरपालिकाले सरसफाइ जग्गा खरिदको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने भएकाे छ ।
नगरपालिकाकाे विहिवार वसेकाे २२१ औं नियमित कार्यपालिका बैठकले त्यस्तो निर्णय गरेकाे हाे । व्यास नगरपालिकाकाे सरसफाइ व्यवस्थापन गर्न आवश्यक जग्गा खरिदकाे लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल सरकारसँग करिव एक वर्षअघि नै माग गरिएको थियाे । हालसम्म पनि हुने वा नहुने निर्णय नआएको हुँदा तत्काल निर्णयका लागि मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने निर्णय बैठकले गरेकाे हाे ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विधायन समितिबाट प्रस्तावित विभिन्न कार्यविधिहरू पारित एवं संशोधन गर्ने निर्णय गरेकाे छ । बैठकले व्यास नगरपालिका अन्तर्गतका उच्च शिक्षा एवं विद्यालय शिक्षा लिने विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्रि सम्वन्धी कार्यविधि- २०८२, विपन्न विरामीहरूलाई प्रदान गरिने आर्थिक सहायता नियमित गर्ने सम्बन्धी कार्यविधि-२०८२, व्यासनगर अन्तर्गतका पारित विभिन्न कार्यविधि संशोधन गर्ने सम्बन्धी व्यास नगरपालिका केही कार्यविधि संशोधन सम्बन्धी कार्यविधि-२०८२ पारित गर्ने निर्णय गरेकाे हाे ।
व्यास नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको लागि जग्गा प्राप्ति सम्बन्धमा जिल्ला समन्वय समिति मार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेकाे नगरपालिकाका प्रवक्ता सुरेश थापाले बताए ।
व्यास नगरपालिकाको आर्थिक वर्ष २०८२ / ८३ का लागि ४३औँ नगरसभाबाट पारित नीति तथा बजेट कार्यक्रम रातो किताब मार्फत सरोकारवालाहरूलाई सूचना प्रविधि शाखा मार्फत सार्वजनिकरण गर्ने निर्णय बैठकले गरेकाे छ ।
संघीय बजेटवाट यस नगरपालिकालाई प्राप्त मा.वि. तथा आधारभूत विद्यालयलाई प्रदान गरिने विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक अनुदानको मा.वि. दरवन्दीमा गतवर्ष जुन जुन विद्यालय मापदण्ड अनुसार उपलब्ध गराउने मिल्ने हो सोही विद्यालयमा र आधारभूत दरवन्दीमा गतवर्ष कार्यान्वयन नभएको एक विद्यालयवाट हटाई उक्त एक दरवन्दी व्यासनगर ११ स्थित वसन्त आधारभूत विद्यालयलाई उपलब्ध गराउने र अन्य दरवन्दी यथावत कायम गर्ने भएकाे हाे ।
गरिवी निवारणका लागि लघु उद्यम विकास ( मेडपा) कार्यक्रम आर्थिक वर्ष २०८२ / ८३ मा सञ्चालनको लागि वडा नम्बर ३ छनोट गर्ने, व्यास नगरपालिका अन्तर्गत मातृ मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन सम्बन्धमा उपप्रमुखको अध्यक्षतामा ७ सदस्य समिति गठन गर्ने निर्णय समेत बैठककाे छ ।
व्यास नगरपालिकाको अनुरोधमा व्यास ७ र ८ को शहिद कालिका मार्गको स्तरीकरणका लागि गण्डकी प्रदेश सरकारबाट समपुरक योजनामा ५३ लाख सात हजार रुपयाँ र व्यास ११ स्थित खड्ककाली मार्गका लागि संघीय सरकारवाट एक करोड प्राप्त हुन आएकाले संघ तथा प्रदेश कार्यविधि एवं मापदण्ड अनुसार उक्त विनियोजित रकमलाई ३० प्रतिशत मानी थप ७० प्रतिशत स्रोत सुनिश्चितता गर्ने र तत्काल टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता थापाले बताए ।
आर्थिक वर्ष २०८२/८३ का लागि व्यास ८ बगुवा, व्यास ११ बेल्टारी र व्यास १४ केशवटारमा निर्माणका लागि प्रस्तावित स्वास्थ्य संस्थाहरूको भवनमा विनियोजित रकम प्रति स्वास्थ्य चौकी दोब्बर भन्दा बढी नहुने गरी स्रोत सुनिश्चितता गरी टेन्डर प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय बैठकको छ ।
स्थानीय तहको एकल अधिकार अन्तर्गत यस नगरपालिकाको सम्पत्तिकर सम्बन्धी विषय विज्ञहरूवाट तयार गरिएको घर जग्गा मूल्याङ्कनको आधार स्वीकृत गरी आवश्यक कर निर्माण एवं परिमार्जन गर्ने, साथै मध्यकालीन खर्च संरचना लैगीक महिला शसक्तिकरण आयोजनावै राजश्व सम्भाव्यता भएका प्राकृतिक श्रोतको नक्साङ्कन सम्बन्धी विज्ञहरुवाट प्राप्त प्रतिवेदन पारित गर्ने निर्णय गरेकाे प्रवक्ता थापाले जानकारी दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?