दमाैली, ३१ श्रावण- नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्काेन) दमाैली शाखाकाे आयाेजनामा श्रीकृष्ण जन्माष्टमीमा महामहाेत्सव २०८२ भव्यताका साथ मनाईएकाे छ ।
श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा शनिवार श्रीश्री राधाकृष्णको रथयात्राले दमाैली बजारकाे परिक्रमा गरेकाे थियाे । तनहुँ उद्योग वाणिज्य संघबाट सुरू भएकाे रथयात्रा दमाैली बजार परिक्रमा गर्दै पुन उद्योग वाणिज्य संघमा पुगेर कार्यक्रममा परिणत भएकाे थियाे ।
कृष्णजन्माष्टमीकाे अवसरमा तनहुँमा नै पहिलो पटक रथयात्रा आयोजना गरेको हाे । महामहाेत्सव कार्यक्रमकाे औपचारिक कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले युवाहरूलाई सत्मार्गमा ल्याउन इस्काेनले महत्त्वपूर्ण भूमिका खेलेको बताए। इस्कोन दमौली केन्द्र प्रमुख निरन्तर दासले समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्देश्यका साथ रथयात्रा लगायतका कार्यक्रम गरिएको जानकारी दिए ।
महामहाेत्सवमा झांकी प्रदर्शनी, भजन किर्तन, कृष्णलिला, राधा कृष्ण झुला, कृष्ण कथा, राधाकृष्ण महाअभिषेक, महाप्रसाद वितरण सहित लगायतका कार्यक्रम समेत गरिएको थियाे ।
शनिबार राती १२ बजेसम्म जन्माष्टमी विशेष कार्यक्रम (कृष्ण कथा, कृष्ण लिला, राधाकृष्ण झुला, सांस्कृतिक कार्यक्रम, राधाकृष्ण महाअभिषेक, महाप्रसाद) आयोजना गरिएकाे हाे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?