दमौली, ३१ श्रावण- ब्यास नगरपालिका ५ साँगे स्थित रहेको सिन्धु आधारभूत बिधालयमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरु लाई खाध्यन्न तथा शैक्षिक सामग्री बितरण गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पुर्व सांसद कलिला खान, बेदब्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष साबित्री श्रेष्ठ, समाजसेवी राजकुमार श्रेष्ठ, लेखाजोखा संयोजक ईश्वर बास्तोला, प्रध्यानाध्यापक मदन वाग्लेको संयुक्त उपस्थितिमा १८ जना बिद्यार्थीहरु लाई खाध्यन्न तथा शैक्षिक सामग्री बितरण गरिएको हो।
पुर्व सांसद कलिला खानले आफू सांसद हुदा बालवालिका तथा महिला समितिमा रहदा बालवालिकाको क्षेत्रमा रहि काम गरेको खाध्यन्न, लत्ताकपडा, शैक्षिक सामग्री विभिन्न शैक्षिक संस्थाहरुलाइ सहयोग गरेको बताइन् । बौद्धिक अपाङ्गता भएका बच्चा हरुलाइ पनि केही गर्नुपर्छ भन्ने भावना जागेको कारण खाध्यन्न तथा शैक्षिक सामग्री बितरण गरिएको उनले बताइन्।
बेदब्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष साबित्री श्रेष्ठले अपांगता भएका बालवालिका पढने यस विद्यालयमा सहयाेग गर्ने साेचका साथ शैक्षिक सामाग्री बाडिएकाे बताईन ।
शैक्षिक सामग्री सगै खाध्यन्नका सामग्री समेत लैजाने योजना डेढ महिना देखि रहेकाे र श्रीकृष्ण जन्माष्टमीमा यस्ताे सहयाेग गर्न पाएकाे बताईन ।समाजसेवी राजकुमार श्रेष्ठको छोरा सुजल श्रेष्ठको पनि जन्मोत्सव जुरेको हुदा संयोग मिलेको उनकाे भनाई थियाे ।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बौद्धिक अपाङ्गता अध्ययनरत बिद्यालयमा सहयोगी मनहरु प्रती धन्यवाद ब्यक्त गर्दै हाल गाँउवस्तीका सामुदायिक बिद्यालयहरुमा शैक्षिक सामग्री जोहाे गर्न नसकी पढाइ छोडन बाध्य हुने बिद्यार्थीहरु लाई लक्षित गरी शैक्षिक बैंक निर्माण अभियान ब्यास १३ बेनिकोटको बेनिमित्र बिधालयमा सुरु गरिएको अन्य बिधालयहरुमा पनि बिस्तार गर्ने योजना रहेको बताए।
बिधालयका प्रध्यानाध्यापक मदन वाग्लेले सहयोगी मनहरु प्रती आगामी दिनमा सहकार्य गरि बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुको शिक्षाको क्षेत्रमा लामो समयदेखी कार्यरत रहेको सहयोगी मनहरुको सराहनीय कार्यको प्रशंसा गरे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?