आदिकवि भानुभक्त क्याम्पसमा ६ सय ७७ मत खस्याे

तनहूँ २० भाद्र – आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे निर्वाचनमा ६ सय ७७ मत खसेको छ ।

व्यास नगरपालिका १ विज्ञानचाैर स्थित क्याम्पस परिसरमा शुक्रबार भएकाे निर्वाचनमा सात सय ८७ मत मध्ये ६ सय ७७ मत खसेकाे हाे । कुल मतकाे ८६ प्रतिशत मत खसेकाे आदिकवि भानुभक्त क्याम्पस निर्वाचन प्रवन्ध समिति निर्वाचन अधिकृत सरिता थापा भण्डारीले जानकारी दिईन् ।

आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे अध्यक्षकाे अध्यक्षका लागि कमलामोहन वाग्ले, केशबहादुर सुनार र चुडामणि दाहाल प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?