तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिए

दमौली – तनहुँ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको मतदाता दर्ता अभियानबाट आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार गत असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म चलेको अभियानमार्फत जिल्लामा कुल आठ हजार ३६६ जना नयाँ मतदाता नामावलीमा समावेश भएका हुन्। मतदाता दर्ता कार्यालयमा पुगेर तथा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन प्रणालीबाट नाम दर्ता गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?