पाकिस्तानलाई आज ६१ रनले हराउँदै भारत आइसिसी टि ट्वान्टी विश्वकप २०२६ को सुपर एटमा पुगेको छ।
१ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ ओभर अगावै १ सय १४ रनमा अलआउट भयो। पाकिस्तानका लागि उस्मान खान ४४ रन बनाउँदा अक्षर पटेलको बलमा आउट भए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
सहिन शा अफ्रिदी २३ रनमा अविजित रहे।
सदाव खान १४ रन बनाउँदा क्याच आउट नै भए।ओपनर साहिबजादा फरहान शुन्य रनमा नै हार्दिकको बलमा क्याच आउट भए। अर्का ओपनर सैम अयुब ६ रनमा जसप्रित बुमराहको बलमा एलबिडब्लु धरापमा परे।
कप्तान सलमान आघा ४ रन बनाउँदा जसप्रित कै बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट नै भए। मोहम्मद नवाज ४ रनमा नै आउट भए। अर्का ब्याटर बाबर अजाम ५ रनमा अक्षर पटेलको बलमा आउट भए।
पाकिस्तानलाई कम स्कोरमा रोक्न भारतका लागि हार्दिक पाण्ड्या, जसप्रित बुमराह र अक्षर पटेल र वरुण चक्रवतीले समान २ विकेट लिए। कुलदिप यादव र तिलक बर्माले समान १ विकेट लिए ।
अर्को आयोजक मध्येको एक श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो।
भारतका लागि ओपनर इसान किसानले सर्वाधिक ७७ रन बनाए। उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गर्दा सैम अयुबको बलमा बोल्ड आउट भए ।
कप्तान सूर्य कुमार यादव २९ बलमा ३ चौका सहयोगमा ३२ रन बनाउँदा उस्मान तारिकको बलमा सैम अयुबको हातबाट क्याच आउट भए।
शिवम दुबे २७ रनमा रनआउट भए। तिलक बर्मा २५ रन बनाउँदा सैम अयुवको बलमा एलबिडब्लु धरापमा परे।
रिंकु सिंह ११ रनमा अविजित रहे। अविषेक बर्मा, हार्दिक र अक्षर शुन्यमा पेभेलियन फर्के।
एपाकिस्तानका लागि सैम अयुबले ३ विकेट लिए। सलमान अघा, सहिम शा अफ्रिदी र उस्मान तारिकले समान १ विकेट लिए।
भारत ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। समान खेलबाट २ जित र १ हार भोगेको पाकिस्तान ४ अंकसहित तेस्रो स्थानमा झरेको छ।
चारै खेल खेलिसकेको अमेरिका २ जित र २ हारमा ४ अंक लिएर दोस्रो स्थानमा छ। पाकिस्तान सँग समान अंक भएपनि रन रेटमा अमेरिकामाथि छ ।
३ खेलमध्ये १ मा जित र २ खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अंकसहित समूहको तालिकाको चौथो स्थानमा छ।
समूह चरणमा खेलेका सबै ३ खेल हारेको नामिबिया अंक विहिन रहँदै पुछारमा छ। यो समूहबाट नामिबिया पनि विश्वकपको समुह चरणबाटै बाहिरिएको छ।
आजै भएको खेलमा नामिबिया अमेरिकासँग ३१ रनले पराजित भएको थियो।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?