नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड निर्वाचित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रचण्ड रुकुम पूर्वबाट ११ हजार २ सय ८२ मतसहित निर्वाचित भएका हुन् ।

रुकुम पूर्वमा एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए भने कांग्रेसका  कुसुम थापाले ३ हजार २ सय ८० मत ल्याइन् । रास्वपाका लखनकुमार थापाले ७९१ र प्रलोपाका सन्दीप पुनले २०१ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?