तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन शुरु

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीन पूर्वप्रधानमन्त्रीहरु र उनीहरुको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त गरेपछि ब्यूरोले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली र उनीहरुको परिवारको सम्पत्ति छानबिनको प्रक्रिया अगाडी बढाएको हो ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा ठुलो मात्रामा पैसा भेटिएको थियो । सो रकम भेटिएको विषयमा विभागले यस अघि नै अनुसन्धान गरिरहेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएकै आधारमा काँग्रेस नेता तथा पूर्व मन्त्री दिपक खड्का आइतबार बिहान पक्राउ परेका थिए । खड्काको बुढानिलकण्ठस्थित घरबाट पनि भदौ २४ गते ठुलो मात्रामा रकम जलेको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?