नर्स तथा स्वास्थ्यकर्मीलाई सम्झौता बमोजिमको पारिश्रमिक र सुविधा दिन मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तह जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई  सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ  ।

मन्त्रालयले निर्देशन दिदै नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ ।

साथै, मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?