दमौली : व्यास नगरपालिका वडा नं. ६ बाह्रविसेमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ, प्रदेश अस्पताल दमौली तथा प्रदेश आयुर्वेद चिकित्सालय तनहुँको संयुक्त आयोजनामा र व्यास नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा ३० वर्षभन्दा माथिका, हालसम्म औषधि सेवन नगरेका वा नसर्ने रोग पहिचान नभएका व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण गरिएको थियो। सहभागीहरूको उच्च रक्तचाप मापन, तौल जाँच, बडी मास इन्डेक्स (बीएमआई) परीक्षण, रक्त परीक्षण लगायतका सेवाहरू प्रदान गरिनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको थियो।
आयोजकका अनुसार शिविरमार्फत नसर्ने रोगहरूको प्रारम्भिक चरणमै पहिचान गरी समयमै व्यवस्थापन तथा नियन्त्रणमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?