तनहुँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा स्कुटरमा पछाडि सवार आँबुखैरेनी गाउँपालिका–१, आँधीमूलका २४ वर्षीय अमन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक सोही स्थानका २७ वर्षीय विजय भुजेल घाइते भएका छन्।

दुर्घटनामा घाइते दुवै जनालाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज पठाइएको थियो। उपचारका क्रममा अमन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?