यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ५७, मयन यादवले २७ रन बनाए । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए ।

यसअघि कतारको दोहामा टस हारेर ब्याटिङ गरेको यूएईले ३९ ओभर ५ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । यूएईका मुहम्मद शाहदादले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३/३ विकेट लिए ।

एशिया कप राइजिङ स्टार्समा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?