तनहुँ । प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ ले जितेको छ। मंगलबार व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनलमा व्यास–८ लाई १–० गोल अन्तरले पराजित गर्दै व्यास–१ ले उपाधि जितेको हो।
व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा व्यास–१ ले गरेको एक गोल नै निर्णायक बनेपछि व्यास–८ उपविजेतामा सीमित भयो।
उपाधि जितेसँगै व्यास–१ ले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता व्यास–८ ले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?