नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि पुस ३० गतेसम्म थप

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र एनटी फाइबरमा प्रयोग हुने मेस एपी अफरको अवधि थप गरेको छ । ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि आगामी ३० पुससम्म थप गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । टेलिकमले मेस एपी अफर ८ असोज र ३० एमबीपीएस इन्टरनेट अफर ३० असोजदेखि सञ्चालनमा ल्याएको हो ।

हाल ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी घरका सबै स्थानमा वाईफाईको पहुँच पुर्‍याउन प्रयोग गरिने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैबीच, नेपाल टेलिकमले दसैं-तिहार अफरअन्तर्गत नयाँ ग्राहकलाई उपलब्ध गराउँदै आएको वाईफाई ६ इन्डिभिजुअल प्याकेजमा ३ हजार रुपैयाँ छुटको सुविधालाई पनि निरन्तरता दिएको छ । यो छुट सुविधा भने आगामी ३० कात्तिकसम्म मात्र उपलब्ध हुनेछ ।

उक्त अवधिसम्म डिमान्ड पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दर्ता गराउने ग्राहकले छुट पाउनेछन् । यसका लागि ग्राहकले १९८ मा फोन गर्न, नेपाल टेलिकम एप प्रयोग गर्न वा कम्पनीको डिमान्ड पोर्टल मार्फत आवेदन दिन सक्नेछन् । अफरसम्बन्धी थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट मा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?