दमौली : तनहुँ जिल्लाको मालपोत कार्यालय एक साताका लागि बन्द हुने भएको छ ।
केही कर्मचारीलाई अमिक्रोन भाइरसको लक्षण देखिन थालेपछि यही माघ १६ गते देखि २१ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै सबै सेवाहरू बन्द रहने मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् ।
कार्यालयबाट नियमित प्रदान गर्ने लिखित पारित , रोक्का फुकुवा , नामसारी ,दाखिल खारेज , संशोधन सम्बन्धी सबै सेवा बन्द गरिएको मालपोत कार्यालय तनहुँले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?