व्यास नगर महिला म्याराथनको उपाधि सशस्त्रकी कान्छी मायालाई

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा व्यास नगरपालिकाद्वरा आयोजित दोश्रो  व्यास नगर महिला हाफ म्याराथन  प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छी माया कोजुले जितेकी छिन् ।कोजुले १ घण्टा ५५ मिनेट १२ सेकेण्डमा २१ किलोमिटरको दुरी पार गरेर पहिलो भएकी हुन् । ४४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी कोजुले ४१ हजार ७८ नगद पुरस्कार र प्रमाणपत्र पाएकी छिन् ।

प्रतियोगितामा नेपाल प्रहरीकी रेखा बम बिस्ट दोस्रो भएकी छिन्। उनीले २ घण्टा ४ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गरेकी हुन् । उनीले  ३१ हजार ७८ रुपैयाँ पुरस्कार र प्रमाणपत्र पाएकी छिन् ।                                                                   २ घण्टा ११ मिनेट २३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै  व्यास १० दुम्सिचौरकी नम्रता गुरुङ तेस्रो भइन् । उनीले २१ हजार ७८ रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन्।                                यस्तै, सन्ध्या अधिकारि , यमुना थापा ,  सुस्मा पुन , लक्ष्मी मानन्धर र गङ्गा कुमाल सान्त्वना भए ।  उनीहरुले ११ हजार ७८ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कार वितरण गरिएको छ । व्यासगुफा देखि शुरु भएको दौड अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवार पुगेर टुंगिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?