दामौली : एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरीमा पलविरुद्ध जाहेरी दिएकी ती नाबालिगले फागुन १६ गते गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । मंगलवार तनहुँ प्रहरीले पललाई अनुसन्धानका लागि गैंडाकोट लगेको हो ।
अब पललाई गैंडाकोट प्रहरीले केही दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ । पल फागुन ११ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा थिए ।
तनहुँ जिल्ला अदालतले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि अदालतले प्रहरीलाई एक हप्ताका लागि अनुसन्धानको समय दिएको थियो । प्रहरीलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?