अम्रेनीमा भोलि हिले महोत्सव हुने

दमौली :  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले बुधबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले.महोत्सव गर्न लागेको अध्यक्ष सितामाया गुरुङले जानकारी दिईन ।

‘ कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहाना, लोक कला संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन गर्ने हाम्रो चाहाना ।’ भन्ने नारा सहित असार १५ गते धान दिवसको अवसरमा बुधबार जिल्लाको व्यास-१ अम्रेनीमा हिले महोत्सव गर्न लागेको प्रतिष्ठान तनहुँका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्बले बताए ।

उक्त महोत्सवमा डोरी तान्ने प्रतियोगिता, छिटो धान रोप्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ  ।

सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?