दमौली : व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ्ग गाउँपालिका– १ जोड्ने मादीनदी माथिको झोलुङ्गे पुलबाट एक महिलाले हाम फालेकी छिन ।
हाम फालेर मृत्यु हुनेमा व्यास नगरपालिका– ९ गजौडे निवासी २८ बर्षीय पविता परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मादीसेती नदीले बगाएर देउरालीघाटमा पुराएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उद्दार गरिएपनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि अहिले दमौली अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?