- दमौली : गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १३२ जनाको परीक्षण गर्दा थप ३४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि रहेकामा कास्कीका २०, तनहुँका ३, म्याग्दीका एक र स्याङ्गजा जिल्लाका १० जना छन्।
आज थपिएकासँगै गण्डकीमा कोरोनाका सक्रिय संक्रमितको सँख्या १६३ पुगेको छ।
जसमध्ये १५५ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् भने ८ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?