व्यास नगरपालिकाको प्रवक्तामा जीवन गुरुङ

दमौली : तनहुँको व्यास नगरपालिका कार्यपालिकाको प्रवक्तामा वडाध्यक्ष जीवन गुरुङ चयन भएका छन् ।

नगरपालिकाको बैठकले आज व्यास नगरपालिका-६ का वडाध्यक्ष गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता गुरुङ लामो समय संघ सस्था मार्फत सामाजिक क्षेत्रमा कार्यरत थिए ।

उनी वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?