विगतमा अवरुद्व भएका विकासलाई निरन्तरता दिदै थप विकास गनेर्छु :नेता पौडेलले

दमौली : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–१४ का विभिन्न टोलमा कार्यकर्ता तथा जनताहरुसंग  भेटघाट गरेका छन् । नेता पौडेलले रासिभज्यंङ्ग हुदै केशवटार,ठिन,नयाँगाउँ हर्कपुर र रुम्सीका जनता तथा कार्यकर्तासंग प्रत्यक्ष भेटघाट गरेका थिए। भेटघाट क्रममा बरिष्ठ नेता पौडेलले अबको समय गाउँको विकास रोजगारिको अवसर सिर्जना गर्नेमा आफु लाग्ने बताएका छन्।

उनले विकासकाको क्रम बिस्तारै अघि बढेता पनि गाउँमा रोजगारिको अभाबले युवाहरु गाउँबाट पलायन भएको बताए।

बरिष्ठ नेताले उक्त भेटघाट कार्यक्रममा दमौली-केशवटारमोटर मार्गलाई कालोपत्रेलाई तीब्रता दिने बताए।यो सडकलाई कालोपत्रेका लागि बहुबर्षीय योजनामा परिसकेकोले भदौमा करिब ५ करोडको टेण्डर हुने समेत जानकारी दिए। नेता पौडेलले दमौली-केशवटारमोटर अबको २ वा ३ बर्षभित्र कालोपत्रे हुने समेत बताएका छन्। साथै बृहत गर्जौदे खानेपानीको लागि उनकै पहलमा अ.व ०७९/८० मा २ करोड बिनियोजन भएको थियो र उक्त काम तिब्रताका साथ अघि बढिरहेको छ।

उनले व्यास-१४ लाई पर्यटकीय गन्तव्य बनाउन सके प्रचूर संम्भावना रहेको बताए ।पर्यटकीय प्रबद्र्धन गर्नको लागि यहाँको ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्र्बद्धनमा जोड दिनुपर्ने उनको भनाई रहेको थियो।विगतमा अवरुद्व भएका विकासलाई निरन्तरता दिदै थप विकासको बारेमा बुझ्न आफुले घरदैलो अभियान कार्यलाई बढाएको समेत नेता पौडेलले स्पष्ट पारे। म जति दिन बाँच्छु,बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु, उनले पुन दोहोराउँदै भने,‘अब गाउँमा विकासको मुहार फेर्ने गरी काम गरेर देखाउने छु ।’हिजाका दिनमा पनि जिल्लाको बिकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलीका दिनमा काम गरेर देखाउने सपना रहेको बताए ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमु्ख बैकुण्ठ न्यौपाने,व्यासका पूर्व मेयर ताराप्रसाद श्रेष्ठ,प्रदेश सभासद सरीता गुरुङ,तनहुँ क्षेत्र नं १का सभापति युवा नेता श्यामकुमार मौरती,व्यास १३ का निवर्तमान वडाध्यक्ष लेखबहादुर राना,व्यास १४ का समाजसेवी केहरसिं थापा लगायतको सहभागिता रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?