
दमौली : राष्ट्रिय परीक्षा बोर्डका अनुसार तनहुँ जिल्लामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेलले जानकारी दिए । जसमा साधारण तर्फ ४२ जना र प्राबिधिकधार तर्फ ५ जना रहेको छ ।
त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३ , २.८ देखि ३.२ जीपीए ल्याउने ६६३ रहेको प्रमुख पौडेलले जानकारी दिएको छ ।
त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय २०, २ .० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ५० , १.६५ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ७३ , १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ४२ र १. ६ भन्दा तल जीपीए ल्याउने विद्यार्थीको संख्या ४ सय ५८ रहेको छ ।
एसइई परीक्षामा जिल्लाबाट ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।जसमा नियमित तर्फ ६ हजार १ सय ३८ र ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेको थियो।
देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसईई परिक्षामा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?