तनहुँ : ईलाका प्रहरी कार्यालय भानु प्रहरीले लागु औषध सहित ३ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार न.पा. २ परेवाडाँडा बस्ने सागर क्षेत्री, मर्स्याङदी गा.पा. ९ खुदी बस्ने दिपेन्द्र भण्डारी र बेशिशहर न.पा. २ बस्ने बिनोद शाही रहेका छन्।
ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्र.नि.रमेशबिष्टको कमाण्डमा खटिएको टोलीले आज बिहान १०:०० बजे तनहुँको बन्दिपुर गा.पा.वडा नं.१ डुम्रे बजार स्थितमा रहेको चन्द्रावती होटल एण्ड लज चेकजाँच गर्दा लागु औषध NOOPHIN लेखिएको ७० एम्पुल, Diazepam लेखीएको ७० एम्पुल र PHENERGAN लेखिएको ७० एम्पुलगरी जम्मा २१० एम्पुल फेला पारी बरामद गरको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
पक्राउ परेका ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत खड्काले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?