व्यासले माध्यमिकमा १५ र आधारभूत तहमा २५ स्वयमसेवक शिक्षक नियुक्ति गर्ने

व्यास नगरपालिका

दमौली : व्यास नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्र संचालित रहेका सामुदायिक  बिद्यालयहरुमा माध्यमिक र  आधारभूत तहमा स्वयमसेवक शिक्षक नियुक्ति गर्ने भएको छ।

हाल सामुदायिक  बिद्यालयहरुमा विद्यमान शिक्षक परिपूर्ति गर्ने,पठनपाठन सहजता प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले माध्यमिक तहमा १५ र आधारभूत तहमा २५ जना स्वयमसेवक शिक्षक नियुक्ति गर्ने  शिक्षा अधिकृत नबिन परजिलीले जानकारी दिएका छन् ।

पालिकाको साउन ८ गते बोर्ड बैठकको निर्णय अनुसार बिद्यालयहरुमा रहेका बिषयगत र तहगत  शिक्षकको  नियुक्ति गर्न लागेको जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?