तनहुँबाट ६ हजार बढीले लिए राहदानी

दमौली : तनहुँ जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् ।आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ६ सय १९ जनाले राहदानी लिएका हुन्

सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेका अनुसार कार्यालयले विभागबाट बनाउने गरी ८ हजार ८ सय ५४ राहदानीमा साधारण सिफारिस गरेको थियो भने ८ सय ७२ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

नागरिकताको प्रमाणपत्र सङ्ख्या बढ्दो

जिल्ला प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले गत असार मसान्तसम्ममा २३ हजार १३५ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए।

नागरिकता लिनेमध्ये वंशजका आधारमा १३ हजार ५१६ वैवाहिक अङ्गीकृतका आधारमा १३ जना र प्रतिलिपि ९ हजार ६०६ जनाले लिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?