मालपोत तनहुँद्वारा ४३ करोड राजस्व सङ्कलन

दमौली :  मालपोत कार्यालय तनहुँले आार्थिक वर्ष २०७८/७९ मा मात्र ४३  करोड २७ लाख ६८ हजार७ सय ४४ राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।

जसमा राजिनमा तर्फ २४ करोड ६५ लाख ४१ हजार ९ सय ५८ , धितो तर्फ ४ करोड ६१ लाख २५ हजार ५ सय ३५ र पुँजीगत लाभाकर तर्फ १४ करोड १लाख १ हजार २ सय ५१  रहेको छ ।

त्यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयले चार हजार २ सय ५७  महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । १ हजार २ सय ४५  महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका तिन हजार ११  महिला रहेका छन् ।

कार्यालय प्रमुख पौडेलका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा २ करोड ८८ लाख २३ हजार ५ सय आठ राजस्व छुट भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी २ सय २३ दलित तथा जेष्ठनागरिकका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ६९ र सहरी क्षेत्रका १ सय ५४ गरी जम्मा २ सय २३ जनाको लिखत पास गर्दा ११ लाख २१ हजार दुई सय ११ रकम राजस्व छुट भएको कार्यालय प्रमुख पौडेलले बताए ।

यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी १ हजार २ सय २९  तथा सहरी क्षेत्रका ३ हजार २ सय १३ गरी जम्मा ४ हजार ५ सय ४२  जनाको लिखत पास भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयबाट सङ्कलन भएको जम्मा राजस्वमध्ये राजिनामा तर्फको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायमा जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?