प्युठानका एक डोजर चालक अर्घाखाँचीमा मृत फेला

अर्घाखाँची :प्युठान जिल्लाका एक युवक अर्घाखाँची जिल्लामा मृत अवस्थामा भेटिएका छन। प्युठान गौमुखि गाउँपालिका – ४ पुजा निवासी डोजर चालक कुशल के.सी. मृत अवस्थामा फेला परेका हुन ।

प्यूठानबाट ब्यवसायिक कामका शिलशिलामा अर्घाखाँची पुगेका उनी ३ दिनदेखि परिवारको सम्पर्कमा थिएनन। मृतकको प्रकृति हेर्दा हत्या गरिएको आशंका गरिएको छ । हत्या हुनुपुर्व व्यवसायिक कामका लागि गएका उनिहरूसंग केहि ब्यक्तिहरुसँग रकम असुलीका क्रममा सामान्य विवाद भएको बुझिएको प्रहरीले बताएको छ । घटना स्थलको प्रकृति हेर्दा मृतकका आफन्तले शुनियोजित रुपमा हत्या गरिएको आशंका गरेका छन ! मृत अवस्थामा भेटिएको के.सि.को शवलाई पोष्टमार्टमपछि जिल्ला ल्याउने तयारी भइरहेको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?