
युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।
अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ ।
क्वाटरफाइनल खेल मिति, समय र स्थान
· स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
· बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)
· चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)
· युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?