दमौली : जिल्ला प्रशासन कार्यलयबाट १ लाख भन्दा बढीले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।
जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ५१ हजार ८ सय १ पुगेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ५१ हजार ८ सय १ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट आर्थिक वर्ष २०७८/७९ मा १३ हजार ५ सय १६ जनाले बंशजका आधारमा र १३ जनाले बैबाहिक अंगिकृत नागरिकता बनाएको तथ्यांक रहेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा तनहुँबाट ९ हजार ६ जनाले नागरिकता प्रतिलिपि लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?